भारतको ओडिसामा बस दुर्घटना, ११ जनाको मृत्यु
काठमाडौं, ११ असार। भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। आठ यात्रु गम्भीर घाइते भएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार ओडिसाको गंजम जिल्लामा गएराति सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो। ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३–३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन्।
प्रतिक्रिया दिनुहोस्