२० देखि २९ वर्ष उमेरका युवाहरु लागुऔषधका सिकार भएका छन् : मन्त्री श्रेष्ठ काठमाडौं, ११ असार। गृहमन्त्री नारायणकाजी श्रेष्ठले २० देखि २९ वर्ष उमेर समूहले लागुऔषधको सिकार भएको बताएका छन्। सोमबार लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको कार्यक्रमा बोल्दै उनले भने,‘लागुऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी प्रभावित भएको छ। विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुर्व्यसनमा फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुन्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्