चट्यान लागेर मृत्यु भएकाको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन सांसदको माग
काठमाडौं, ११ असार।सांसद दीपक गिरीले चट्याङबाट मृत्यु भएका परिवारलाई १० लाख क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले चट्याङबाट २ लाख क्षतिपूर्ति दिने गरेको रकम कम भएको बताए। उनले भने,‘दाङमा बालीनाली लगाइरहेका किसान चट्याङ लागेर मृत्यु भयो। तर सरकारले दुई लाख रुपैयाँ दिने गरेको छ। म परिवारलाई कम्तीमा १० लाख दिन सरकारसँग आग्रह गर्दछु।’
प्रतिक्रिया दिनुहोस्