जलहरी प्रकरणमा के भएको हो ? कति सुन हराएको हो ? स्पष्ट पारियोस् : देवेन्द्र पौडेल काठमाडौं, ११ असार। प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले पशुपति नाथ मन्दिरको सुनको जलहरीबारे सत्यतथ्य जानकारी गराउन माग गरेका छन्। सोमबार प्रतिनिधि सभामा उनले भने,‘जलहरीबारे सदनमा निकै चर्चा भयो, तर भएको के हो?कति सुन हराएको हो? कति सुन बाँकी छ? के स्थिति हो? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन। यसको सत्यतथ्य जनाकारी गराउन सदनमार्फत सम्वन्धित निकायको ध्यानाकर्षण गराउँछु।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्