पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, ११ असार। पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। पदमा वहाल रहँदा गैरकानूनी रुपमा ६ करोड ३९लाख ९३ हजार ३१२ रुपैयाँ सम्पत्ति देखिएकोमा त्यसमा १ करोड४४ लाख भन्दा बढी अवैध रकम देखिएकोले सोही रकम बराबरको विगो कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्