काठमाडौं जिल्ला अदालतका न्यायाधीश भट्टराईले दिए राजीनामा काठमाडौं,११ असार।काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा.श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन्।प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै उनले सोमबार राजीनामा दिएका हुन्। यसका साथै उनले न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक पार्टीका मानिसहरू न्याय परिषद्मा नियुक्ति भएको आरोप समेत लगाए। भट्टराईले राजनीतिक मानिसहरू पदमा आएर राजनीतिक आस्थाको लागि न्याय क्षेत्रमा काम गर्ने स्थिति देखिएको भन्दै आपत्ति जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्