११ अंकले बढ्यो नेप्से, लघुवित्तमा देखियो धेरै लगानीकर्ताको आकर्षण
काठमाडौं, ११ असार। सोमबार सेयर बजार परिसूचक नेप्से ११.६९ अंकले वृद्धि भएको छ। आजको दिन १ करोड १९ लाख भन्दा बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ३१ करोड रुपैयाँ भन्दा बढी भएको नेप्सेले जनाएको छ। साताको दोस्रो कारोबार दिन लगानीकर्ताहरु वित्त तथा लघुवित्त कम्पनीहरुमा आकर्षित भएका छन्। यस दिन १३ उपसमूहमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक बढेको छ।
प्रतिक्रिया दिनुहोस्