घाँटीमा बेरेको सर्पले टोकेपछि झापामा एकजनाको मृत्यु
काठमाडौं, ११ असार। सर्पको टोकाइबाट झापामा ३२ वर्षीय शम्भु राजवंशीको मृत्यु भएको छ। आइतबार राति घरको ढोकामा सर्प देखेपछि राजवंशीले सर्प समातेर घाँटीमा बेरेपछि उनलाई सर्पले डसेको प्रहरीले जानकारी दिएको छ। उनले मदिरा सेवन गरि सर्प समातेर त्यसलाई घाँटीमा बेर्ने क्रममा उनलाई सर्पले दुवै हातमा डसेको थियो। अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्