कक्षा ११ र १२ को शुल्क विवरण काठमाडौं महानगरलाई बुझाउनुपर्ने, तोकिएभन्दा बढी पैसा लिए कारवाही हुने काठमाडौं, ११ असार।काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका निजी विद्यालयहरुको शुल्क नियमन गर्ने भएको छ। महानगर भित्र पर्ने निजी विद्यालयहरुलाई पत्राचार गर्दै महानगरले कक्षा ११र १२मा नयाँ शैक्षिक सत्र २०८०/८१का लागि लिइने शुल्क विवरण असार मसान्तभित्र बुझाउन निर्देशन दिएको हो।विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर महानगरमा पेश हुने शुल्क नै अन्तिम शुल्क हुनेछ। तोकिएभन्दा बढी शुल्क लिएमा कारवाही गर्ने महानगरले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्