मेयर बालेनविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याउने’ सूचीमा काठमाडौैं, ११ असार। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा सोमबार पनि हेर्न नभ्याउने सूचीमा परेको छ। न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएपनि हेर्न नभ्याउने सूचीमा परेको हो। महानगर प्रमुख शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्