मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि अबदेखि कर लाग्ने
काठमाडौं, ११ असार।काठमाडौं महानगरपालिकाले मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ। महानगरले आर्थिक विधेयक २०८०मा सो व्यवस्था गरेको हो। सवारी साधनको दायाँ बायाँ भागमा अधिकतम २० वर्ग फुटसम्मको अस्थायी प्रकृतिको बोर्ड राखी गरिने विज्ञापनका लागि प्रतिदिन १०० रुपैयाँ विज्ञापन कर तोकिएको छ।स्थायीरुपमा लेखिएको वा छापिएको प्रचार सामग्रीका लागि प्रतिवर्ष प्रतिवर्ग फुट ३०० रुपैयाँ कर तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्