११ महिनामा २ अर्ब ९६ करोडको छुर्पी निर्यात
काठमाडौं, ११ असार। पछिल्लो ११ महिनामा १४.९६ प्रतिशतले छुर्पीको निर्यात वृद्धि भएको छ। चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म २ अर्ब ९६ करोड ६६ लाख५० हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ भने गत आर्थिक वर्ष सोही अवधिमा २ अर्ब ५८करोड ५लाख ४२ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको थियो। छुर्पी सबैभन्दा बढी क्यानडामा निर्यात हुने गरेको विभागको तथ्यांकले देखाउँछ।
प्रतिक्रिया दिनुहोस्