जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय स्वीकार गर्न सकिँदैन : एमाले काठमाडौं, १२ असार। नेकपा एमालेले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय स्वीकार गर्न नसकिने बताएको छ। एमालेको तर्फबाट बोल्दै सांसद सूर्य थापाले भने,‘बजेट वक्तव्य मार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहत राख्ने निर्णय उचित नभएको भनेर अर्थमन्त्रीको ध्यानाकर्षण गरायौं। तर,अर्थमन्त्रीले सुन्नुभएन। यस विषयमा सभामुखको रुलिङ चाहिन्छ। खारेज गर्नपर्छ तब मात्रै सदनको कामकारबाही अगाडि बढ्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्