जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै रास्वपाले गर्यो संसद अवरोध
काठमाडौं, १२ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै संसदमा अवरोध गरेको छ। मंगलबार प्रतिनिधिसभाको बैठकको सुरुमै समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय फिर्ता नलिए संसदमा उठेर अवरोध गर्ने बताए। तर, रास्वपाले त्यसलाई मानेन र अवरोध गरेको छ। रास्वपाको अवरोधलाई एमालेले पनि साथ दिएको छ।
प्रतिक्रिया दिनुहोस्