ललिता निवास प्रकरणमा मीनबहादुरसहित पाँचजना पक्राउ
काठमडौं, १२ असार। ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्ने अन्यमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतम रहेका छन्। यस प्रकरणमा सरकारी कागज किर्ते गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रतिक्रिया दिनुहोस्