७ महिना यताकै उच्च विन्दुमा पुग्यो नेप्से, लघुवित्तामा देखियो धेरैको आकर्षण
काठमाडौं, १२ असार। मंगलबार सेयर बजार परिसूचक नेप्से ५६.९४ अंकले वृद्धि भएर २१८६.३६को विन्दुमा बन्द भएको छ। यस्तै ५ अर्ब ४७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ। आजको दिन लघुवित्त र वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको उच्च आकर्षण दिखिएको छ। सोमबार बैंकिङ र लघुवित्त उपसूचकमा भएको उच्च वृद्धिले उचालिएको नेप्से करिब ७ महिना यताकै उच्च विन्दुमा पुगेको हो।
प्रतिक्रिया दिनुहोस्