बजेट पास गर्न माओवादीले पनि लगायो सांसदहरूलाई ह्वीप
काठमाडौं,१२ असार।नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्ष २०८०/८१को बजेट पास गर्न आफ्ना सांसदहरूलाई हवीप लगाएको छ।मंगलबार नै माओवादी मुख्य सचेत हितराज पाण्डेले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट)को पक्षमा मतदान गर्न प्रधानमन्त्रीको निर्देशन अनुसार ह्वीप जारी गरिएको बताएका छन्। यस अघि नेपाली कांग्रेसले पनि सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएको छ।
प्रतिक्रिया दिनुहोस्