बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं, १३ असार।नेकपा एकीकृत समाजवादीले बजेट पारितका पक्षमा मत दिने निर्णय गरेको छ। बजेटप्रति असन्तुष्ट रहँदै आएका एकीकृत समाजवादीका सांसदहरुले बजेट संशोधन नभएमा विपक्षमा मत दिने चेतावनी दिइरहेका थिए। बुधबार बिहान दलको बैठक बसेको थियो। एकीकृत समाजवादीमा १० सांसद छन् भने सरकारमा एक राज्यमन्त्रीसहित ३ मन्त्री छन्। जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेट आज पारित गर्ने तयारी छ।
प्रतिक्रिया दिनुहोस्