लुम्बिनीमा आजदेखि बजेटमाथि छलफल हुने
काठमाडौं, १३ असार।लुम्बिनीमा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथि आज बुधबारदेखि संसदमा छलफल हुने भएको छ।बजेटबारे छलफलका लागि प्रदेशसभा बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ। प्रदेश सभा सचिवालयका अनुसार आज बस्ने प्रदेश सभा बैठकमा आर्थिक वर्ष ०८०/०८१ को बेजटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ। यसअघि असार १० गते बोलाइएको बैठक सत्तापक्षीय सांसदहरूले असन्तुष्टिपछि स्थिगित गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्