२४ गते राति १२ बजेदेखि सम्पूर्ण सरकारी भुक्तानी रोकिने काठमाडौं, १३ असार।महालेखा नियन्त्रण कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा गर्नुपर्ने भुक्तानी २४ असारभित्र सक्न कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार आर्थिकवर्ष समाप्त हुनु भन्दा ७ दिन अगाडिनै निकासा भुक्तानी नहुने र प्रणाली बन्द गर्नुपर्छ। यसबीचमा नियमले निर्दिष्ट गरेको कामका लागिभने निकासा दिन सकिने प्रावधान छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्