बजेटको विपक्षमा भोट हाल्ने जनमतको निर्णय काठमाडौं, १३ असार।डा. सीके राउत नेतृत्वको जनमत पार्टीले बजेट पास गर्दा विपक्षमा मतदान गर्ने भएको छ।मधेश प्रदेशका लागि विनियोजित बजेटप्रति असन्तुष्ट जनमतले विपक्षमा मतदान गर्ने निर्णय लिएको हो। संघीय संसदमा जनमत ६ सांसद छन्। बजेट पासको पक्षमा मतदान गर्न प्रधानमन्त्री प्रचण्डले सीके राउतलाई मंगलबार आग्रह गरेका थिए। प्रधानमन्त्रीले प्रतिबद्धता जनाए पनि ठोस कुरा नआएको भन्दै जनमत असन्तुष्ट थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्