पहिलो पटक रासायनिक मलको अभाव हटायौं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, १३ असार।प्रधानमन्त्री प्रचण्डले आफूले सरकार सम्हालेपछि रासायनिक मलको अभाव हटाएको दाबी गरेका छन्। बुधबार संसदमा बजेटमा उठेको प्रश्नको जवाफ दिंदै उनले यस्तो दाबी गरेका हुन्। यो आर्थिक वर्षमा ७८.५ मेट्रिकटनको आपूर्ति निश्चित भएको र सरकारले एक लाख ९५ हजार ९ सय मेट्रिकटन मल आयात भएर पनि एक लाख ४५ हजार ९ सय मेट्रिकटन मल वितरण भइसकेको दाबी गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्