बजेटको पक्षमा मतदान गर्न जसपाको ह्विप काठमाडौं, १३ असार।सत्तारुढ दल जनता जमाजवादी पार्टी (जसपा) नेपालले आफ्ना सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। पार्टीको बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको हो। जसपाका १२ सांसद छन्। यसअघि, नेपाली कांग्रेस, एकीकृत समाजावादी पार्टी र माओवादी केन्द्रले आ–आफ्ना सांसदहरुलाई बजेटको पक्षमा उभिन निर्देशन दिइसकेको छ। बजेट बुधबार नै प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्