गुरुदेवो भवः भन्ने देशमा विद्यार्थीले गुरु कुट्नु गलत हो : केपी ओली
काठमाडौं, १४ असार। एमाले अध्यक्ष केपी शर्मा ओलीले गुरुलाई कुट्ने विद्यार्थीको संरक्षण गरेर सरकारले गलत गरेको बताएका छन्। मदन भण्डारी मेमोरियल कलेजको २२औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘आजकाल गुरु कुट्ने संस्कृति छ। बडा दुखद् कुरा हो यो।सभ्यताको दियो बाल्ने देश,गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्क्याउँछ। टाउको फुटाउँछ,करङ भाँचिदिन्छ,बहादुरी देखाउँछ।त्यस्ताहरुलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ।’
प्रतिक्रिया दिनुहोस्