सरकारीसरह शिक्षकलाई तलब दिन निजी विद्यालयलाई बालेनको निर्देशन
काठमाडौं, १४ असार। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयलाई सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता दिनुपर्ने बताएका छन्। निजी विद्यालयले शिक्षकहरूलाई कानुनमा तोकिएअनुसार तलब सुविधा नदिएको गुनासो आएको भन्दै मेयर बालेनले यस्तो निर्देशन दिएका हुन्। मेयर बालेनले सरकारी विद्यालयको तलब स्केलसमेत सार्वजनिक गरेका छन्। महानगरको यो निर्देशन पालन नभएको खण्डमा महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई आग्रहसमेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस्