तोलामै ६०० रुपैयाँले सस्तियो सुनको मूल्य
काठमाडौं, १४ असार। बिहीबार सुनको मुल्य तोलामै ६०० रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ९०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो करोबार दिन अर्थात् बुधबार एक तोला सुनको मूल्य १ लाख १० हजार रुपैयाँ थियो।
प्रतिक्रिया दिनुहोस्