विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले पठाए विपक्षी दललाई पत्र
काठमाडौं,। १४ असार। विश्वासको मत माग्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दललाई पत्र पठाएका छन्। उनले आज प्रदेश सभाको बैठकमा विश्वासको मत लिंदैछन्। विश्वासको मत लिनुअघि कार्कीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन्। माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो १बजे बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ।
प्रतिक्रिया दिनुहोस्