नागरिकका समस्या सुन्नको लागि रास्वपाले तोक्यो ७७ जिल्लामा सम्पर्क सांसद
काठमाडौं,१४ असार। राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ। ७७ वटै जिल्ला लागि सम्पर्क सांसद हुने गरी जिम्मेवारी दिइएको छ। नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सक्नेछन्। नीतिगत सुधार र जनसवालका विषयमा सांसदहरुसँग देशभरका नागरिकहरुले सिधा सम्पर्क गर्न सकिने पार्टीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्