राजनीतिमा मदन भण्डारीको योगदान उच्च छ : अध्यक्ष नेपाल
काठमाडौं, १३ असार। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट सिद्धान्तलाई स्वदेशी मौलिकतामा विकास गरी त्यसलाई लोकप्रिय बनाउन मदन भण्डारीको योगदान उच्च रहेको बताएका छन्। मदन भण्डारीको ७२ औँ जन्मजयन्तीका अवसरमा अध्यक्ष नेपालले नेपाली राजनीतिमा जनताको बहुदलीय जनवादको प्रतिपादन र त्यसको प्रयोगबाट सामाजिक न्याय, समानता, विकास र समृद्धिका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्