कोशीमा मुख्यमन्त्रीलाई जसपाले विश्वासको मत नदिने
काठमाडौं,१४असार।जसपाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले बिहीबार विज्ञप्ति जारी गर्दै विश्वासको मत दिने कार्यमा सहभागी नहुने बताएका हुन्। विज्ञप्तिमा कोशी नामकरणमा सहयोग गर्ने कुनै पनि दलको नेतृत्वलाई अस्वीकार गर्ने उल्लेख छ। कोशी प्रदेश नामकरण खारेज गरी पहिचानलाई सम्बोधन गरी प्रदेशको नामकरण पुनः गर्नुपर्ने माग राखेको छ।
प्रतिक्रिया दिनुहोस्