११ महिनामा ४१ प्रतिशतले बढ्यो चिया निर्यात, ३ अर्ब ६२ करोड भित्रियो
काठमाडौं, १४असार।चालू आर्थिक वर्षको ११महिनामा चिया निर्यात४१ प्रतिशतले बढेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालू आवको साउनदेखि जेठसम्म नेपालले १५हजार५२६मेट्रिक टन चिया निर्यात गरेको छ। गत आवको सो अवधिसम्म नेपालबाट १०हजार९६१ मेट्रिक टन चिया निर्यात भएको थियो। चालू आवको समीक्षा अवधिमा ३अर्ब ६२ करोड १०लाख रुपैयाँ बराबरको चिया निर्यात गरिएको छ। नेपालले अस्ट्रेलिया, बेल्जियम,फ्रान्स,जर्मनी,इटाली,जापान,कोरिया,चीन,भारतलगायतका देशहरूमा निर्यात गर्ने गरेको छ।
प्रतिक्रिया दिनुहोस्