अर्थतन्त्रमा सुधार ल्याउनको लागि निजी क्षेत्रसँगको सहकार्यलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री काठमाडौं, १४ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएका छन्। नेपाल उद्योग परिसंघ (सीएनआई) का नवनिर्वाचित पदाधिकारीहरुसँग बिहीबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। आर्थिक एवं औद्योगिक विकासका लागि परिसंघबाट प्रत्यक्ष रुपमा नीतिगत तथा व्यवहारिक सुझावहरु प्राप्त भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्