चितवन पुगेर अध्यक्ष ओलीले यसरी मनाए धान दिवस काठमाडौं, १५असार। धान दिवस मनाउन एमाले अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन्। उनले केरुङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोपेर सुरुवात गरेका हुन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने काम सुरु गरेका हुन्। धान रोपाइँका लागि ओली बिहीबार दिउँसो नै चितवन आएका थिए। ओलीले मेसिनबाट धान रोपेपछि केहीबेर किसानहरूसँग अन्तर्क्रिरया पनि गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्