नेपाल कृषिप्रधान देश भएकाले नाकाबन्दीले पनि गलाउन सकेनः ओली काठमाडौं, १५ असार। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल कृषिप्रधान देश भएकै कारण नाकाबन्दीले पनि गलाउन नसकेको बताएका छन्। धान दिवसका अवसरमा भरतपुर पुगेका उनले भने,‘पाँच महिनाको नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि उत्पादन नै हो। हामी प्रायः बाहिरबाट सबै चिज ल्याउँछौँ,तर हामीलाई खान पुग्ने अन्न,सब्जी, माछा,मासु र दूध यही उत्पादन हुन्छ। त्यसो हुनाले नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्