ललिता निवास प्रकरणमा तीनजनाको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश चुँडालको इजलासमा
काठमाडौं, १५ असार। ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीनजनाको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार चुँडालको इजलासमा पेसी तोकिएको छ। पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले आफूहरुलाई रिहा गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा आज सुनुवाइ हुने भएको हो।
प्रतिक्रिया दिनुहोस्