मेक्सिकोको तापक्रम ५० डिग्री सेल्सियस, दुई सातामा सय जनाको मृत्यु काठमाडौं, १५ असार। अहिले मेक्सिकोमा गर्मीको प्रकोप सबैभन्दा बढी देखिएको छ। यहाँका कतिपय स्थानमा तापक्रम ५०डिग्री सेल्सियससम्म पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गर्मीको कारण विगत दुई हप्तामा कम्तिमा १००जनाको मृत्यु भएको छ। जसमध्ये दुई तिहाइभन्दा बढीको मृत्यु १८देखि २४जुनको बीचमा भएको थियो भने बाँकी गत हप्ता भएको थियो। गत वर्षको सोही अवधिमा गर्मीका कारण एक जनाको ज्यान गएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्