सञ्चालनमा आयो सिसामाथि हिँड्न मिल्ने काठमाडौंको ‘स्काइ वाक टावर’
काठमाडौं, १५ असार। काठमाडौंको कमलादीमा बनेको सिसामाथि हिँड्न मिल्ने ‘स्काइ–वाक टावर’ सञ्चालनमा आएको छ। ‘वन्डर्स नेपाल’ कम्पनीले शुक्रबार बिहान ८ बजेदेखि टावर औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। १३ रोपनीमा फैलिएको टावर ७८.५ मिटर अग्लो छ। टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामाथि हिँड्न पाइन्छ। सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि काठमाडौंमा यो एकमात्र गन्तव्य हो।
प्रतिक्रिया दिनुहोस्