पहिरोको कारण कालीगण्डकी करिडोर अवरुद्ध काठमाडौं, १५ असार। गए रातिदेखि परिरहेको अविरल वर्षाले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ। करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुलनजिकै पहिरो खसेपछि बिहान ५ बजेदेखि सडक अवरुद्ध भएको हो। करिडोरको रामपुर पिपलडाँडा हँुदै तानसेन, बुटवल, नारायणगढलगायत स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन्। सडकमाथिबाट पहिरो खस्ने क्रम जारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्