ललिता निवास प्रकरणः सर्वोच्चले दियोे कारण देखाऊ आदेश
काठमाडौं, १५ असार। ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।न्यायाधीश कुमार चुडालको एकल इजलासले शुक्रबार उनीहरूको निवेदनमाथि सुनुवाइ गर्दै गृह मन्त्रालयलाई कारण देखाऊ आदेश जारी गरेको हो।बिहिवार मिनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित मुद्दा दर्ता गरेका थिए।
प्रतिक्रिया दिनुहोस्