विगतका अनुभवबाट सिकेर कम्युनिष्टहरु एकताबद्ध हुनुपर्दछः प्रधानमन्त्री
काठमाडौं, १७ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेकपा एमालेसँग भएको पार्टी एकता र विभाजनबाट शिक्षा लिँदै फेरि नेकपातिरै फर्किनुपर्ने बताएका छन्। यसले गर्दा नै समाजवादी मोर्चाको गठन गरेको पनि बताए। देशलाई छिटो आर्थिक समृद्धितिर लैजानको लागि एमालेसँग एकता गरेको सम्झदै उनले भने,‘हामी एकपटक असफल भए पनि फेरि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्दछ।’
प्रतिक्रिया दिनुहोस्