सरकारमा सहमाभगी हुन सिके राउतलाई प्रचण्डले गरे आग्रह
काठमाडौं, १७ असार। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले र सिके राउतबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्। प्रचण्डले आफ्नै पार्टीबाट एक मन्त्रीलाई फिर्ता बोलाएर भए पनि सरकारमा समेट्ने प्रतिबद्धता जनाएका छन्। जनमत पार्टीका मन्त्री अब्दुल खानले राजीनामा दिए पनि पार्टीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो।
प्रतिक्रिया दिनुहोस्