मिटरब्याजमा ठूला नेताहरुको पनि संलग्नता छ : पदम गिरी
काठमाडौं, १७ असार। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मिटरब्याजमा ठूला नेता र राष्ट्रसेवक कर्मचारीको पनि संलग्नता रहेको बताएका छन्। संसदमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको छलफलका क्रममा उनले भने, ‘मिटरब्याज गम्भीर विषय हो। राष्ट्रसेवक कर्मचारी, ठूला नेता, प्रहरीका उच्च अधिकारीको संलग्नता छ। यसका विरुद्ध राम्रो नीति ऐन बनाउनपर्छ।’
प्रतिक्रिया दिनुहोस्