बैंकबाट ऋण लिन नपाएर गरिव जनता ठगिन विवश छन् : प्रभु साह
काठमाडौं, १७ असार। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले केही मुठीभर सम्भ्रान्त मानिसहरुले मात्रै बैंकहरुबाट ऋण पाउने अवस्थाको अन्त्य हुने गरी कानुन निर्माण गर्न सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधिसभामा बोल्दै उनले मान्छे बैंकबाट ऋण लिन नपाएर ठगिन विवश भएको भन्दै गरिबले पनि बैंकबाट ऋण लिन पाउने अधिकारको उपयोग गर्ने वातावरण बनाई दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए।
प्रतिक्रिया दिनुहोस्