मेट्रोपोलिसको सञ्चालक समिति सदस्यमा निर्वाचित भए मेयर बालेन काठमाडौं,१७असार।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मेट्रोपोलिसको सञ्चालक समितिको सदस्य निर्वाचित भएका छन्। ब्रुसेल्स समिटमा उनलाई२०२४देखि २०२६ सम्मका लागि वर्ल्ड एसोसिएसन अफ द मेजर मेट्रोपोलिसले सञ्चालक समितिको सदस्यमा निर्वाचित गरेको हो। मेट्रोपोलिस शहरी चुनौतिहरूलाई सम्बोधन गर्न र दिगो विकासलाई प्रवर्द्धन गर्ने महानगरीय क्षेत्रका प्रमुख शहरहरूको अन्तर्राष्ट्रिय नेटवर्क हो।यसले महानगरको विकास र उपलब्धिका लागि आवश्यक निर्णयहरू अनुमोदन गर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्