नेपालले सिंगापुरलाई दियो १८५ रनको लक्ष्य
काठमाडौं, १८ असार। एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई १८५ रनको लक्ष्य दिएको छ। मलेसियामा भइरहेको प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो। निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर नेपालले १८४ रनको योगफल तयार गर्यो। नेपालका लागि सूर्यांशु कोइरालले सर्वाधिक ४३ र निरज यादवले ४२ रन बनाए। नेपाल सिंगापुरलाई हराएर फाइनल प्रवेश गर्ने लक्ष्यमा छ।
प्रतिक्रिया दिनुहोस्