गिरिजाप्रसादलाई पहिलो राष्ट्रपति प्रस्ताव गर्न नसकेकोमा मलाई पश्चात्ताप छ : प्रचण्ड
काठमाडौं, १८ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप रहेको बताएका छन्। सोमबार स्व.कोइरालाको एक सयौँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कोइरालामा राजनीतिक सुझबुझ र दुर्दृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको पनि बताए। उनले गणतन्त्रको छोटो समयमा प्रश्न उठाउन खोजिएको भन्दै आपत्ति जनाए।
प्रतिक्रिया दिनुहोस्