मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन
काठमाडौं, १८ असार। पहिरो पन्छाएपछि नारायगढ–मुग्लिन सडक दुइतर्फी सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी खुलेको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुवैतर्फ बन्द भएको थियो।अहिले पहिरो पन्छाई सडक दुवैतर्फ गाडी चलाउन हुनेगरी खुलाइएको छ। यसअघि शनिबार राति साढे ११ बजेदेखि बन्द भएको सडक आइतबार बेलुका ६ मात्रै खुलेको थियो ।
प्रतिक्रिया दिनुहोस्