केही दिन भित्रै संघीय शिक्षा ऐन संसदमा पेश गर्छौंः प्रधानमन्त्री
काठमाडौं, १८ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐन मन्त्रिपरिषदको समितिमा छलफलको क्रममा रहेको बताएका छन्। गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले संघीय शिक्षा ऐन केही दिनभित्रै सदनमा प्रस्तुत गर्ने तयारी भइरहेको पनि बताए। संघीय शिक्षा ऐन आएपछि नयाँ शिक्षा नीतिका लागि मार्गदर्शन हुने पनि उनले बताए।
प्रतिक्रिया दिनुहोस्