प्रधानमन्त्री प्रचण्ड आगामी भदौमा चीन भ्रमणमा जाने काठमाडौं, १८ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ महिनामा उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन्। कैलालीको धनगढीमा प्रेस युनियनले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिएका हुन्। साउदका अनुसार आगामी सेप्टेम्बर अर्थात् भदौ महिनामा चीन भ्रमणमा जाने गरी प्रधानमन्त्रीको कार्यक्रम तयार भइरहेको छ।साउदले अहिले पनि नेपालले भारतसँग दुईतिहाइ व्यापार गरिरहेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्