बागमती प्रदेशको अवरुद्ध संसद खुल्यो काठमाडौं, १८ असार। सरकारले बजेटलाई सन्तुलित बनाउने प्रतिबद्धता जनाएपछि बागमती प्रदेशसभाको अवरोध हटेको छ। सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रतिपक्षीहरूको माग सरकारले सम्बोधन गर्ने भएपछि सदन सुचारु गर्ने सहमति भएको बताए। उनले अब केही दिनभित्रमा बजेट पारित हुने र सबै एकताबद्ध भएर बागमती प्रदेशलाई नमूना प्रदेशको रूपमा विकास गर्ने विश्वास व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्